१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आधिकारिकता दाबी गर्दै दाहाल- नेपाल समूह पुगे निर्वाचन आयोग


0
Shares

काठमाडौं । आधिकारिकता दाबी गर्दै नेकपा दाहाल—नेपाल समूहका शिर्ष नेताहरु निर्वाचन आयोग पुग्नुभएको छ । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु बहुमत केन्द्रीय सदस्यहरुको हस्ताक्षर सहित आधिकारिका दाबी गर्न आयोग पुग्नुभएको हो ।

उनीहरुले बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर सहित पत्र बुझाएका छन् । २ सय ७५ जना केन्द्रीय सदस्यको हस्ताक्षर सहित पत्र बुझाएका हुन् । हिजो बसेको केन्द्रीय समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न जाने निर्णय गरेको थियो ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने निर्णय यो समूहले गरेको छ । प्रतिनिधिसभा विघटनसँगै दुई खेमामा विभाजित नेकपाको दाहाल—नेपाल समूहले अध्यक्षबाट ओलीलाई हटाएर माधवकुमार नेपाललाई चयन गरेको छ ।

दुवै समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार त्यही विवरण अध्यावधिक गर्न आयोगलाई पत्र लेखेका थिए । तर आयोगले दुबै पक्षको आग्रह अस्वीकार गर्दै कानुनी रुपमा नेकपा एक रहेको जनाएको थियो ।