
काठमाडौं । संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिका लागि बोलाउनु भएको परिषदको बैठक स्थगित भएको हो । बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको बताईको छ ।
यसअघि संवैधानिक परिषद्ले विभिन्न निकायमा गरेका नियुक्ति सिफारिसलाई प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाउनु भएको थियो ।
प्रधानमन्त्री, राष्ट्रिय सभा अध्यक्ष र प्रधानन्यायाधीशको उपस्थितिमा बसेको बैठकले बैठकले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुखसहित संवैधानिक निकायमा नियुक्ति सिफारिस गरेको थियो ।
सिफारिस फिर्ताप्रति राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आपत्ती जनाउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्