
अर्घाखाँची । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पाटीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर देशलाई दुर्घटना तर्फ लैजान खोजेको आरोप लगाउनुभएको छ ।
अर्घखाँचीमा पत्रकारसँग कुरा गर्दैै उहाँले प्रधानमन्त्रीले जन आन्दोलनबाट प्राप्त उपलब्धी समाप्त पार्ने खेलमा लागेको बताउनुभयो ।
पूर्वप्रधानमन्त्री भट्टराईले नेपाली कांग्रेस, नेकपाको प्रचण्ड–नेपाल समूहसँग सहकार्य गरेर आन्दोलनमा उत्रन जनता समाजवादी पाटी तयार रहेको र संयुक्त आन्दोलनका लागि पनि छलफल भइरहेको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्