
सिन्धुपालचोक । थुम्पाखरमा भएको बस दुर्घटनामा परी १९ जना घाइते भएका छन् । घाइतेमध्ये दोलखाको बलेफी गाँउपालिका–७ का ३७ वर्षीय सिताराम थापाको अवस्था गम्भीर छ ।
ढाडमा चोट लागेको उहाँलाई काठमाडौं पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । बाँकी १८ जनाको खाडीचौर स्थित सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको छ ।
दोलखाको सिंगटीबाट काठमाडौ जाँदै गरेको बा २ ख २७८९ नम्बरको यात्रुवाहक बस लामोसाँघु जिरी सडक खण्डअन्तर्गत सुनकोशी गाउँपालिकास्थित ११ किलोमा दुर्घटना भएको हो ।
तीव्र गतिमा आएको बस सडक छेउमा पल्टिएको थियो । बस दुर्घटना भएपछि चालक भागेका छन् ।
१. शंकर नेपाली, गोकुलगंगा—४, रामेछाप
२. सितारामा थापा, बलेफी—६, सिन्धुपाल्चोक
३. जंग बहादुर ठकुरी, विगु—३, दोलखा
४. भक्त बहादुर तामाङ, विगु—४, दोलखा
५. रोहित क्षेत्री, विगु—४, दोलखा
६. रोशन थामी, कालिन्चोक—६, दोलखा
७. सर्द थामी, भि.न.पा.—७, दोलखा
८. विन्दु लामा, सुनापाती—४, रामेछाप
९. पासाङ तामाङ, चागुनारायण नपा, भक्तपुर
१०. पदम बहादुर श्रेष्ठ, गौरीशंकर—८, दोलखा
११. बल बहादुर तामाङ, विगु—४, दोलखा
१२. करिश्मा नेपाली, विगु—४, दोलखा
१३. मनिता नेपाली, विगु—४, दोलखा
१४. तारा थापा, कालिञ्चोक—५, दोलखा
१५. सुशीला खड्का, विगु, दोलखा
१६. शर्मिला ठकुरी, विगु—४, दोलखा
१७. शर्मिला नेपाली, गोकुलगंगा—४, रामेछाप
१८. निर्माया तामाङ, चागुनारायण नपा, भक्तपुर
१९. पार्वती लामा, गौरीशंकर—८, दोलखा
प्रतिक्रिया दिनुहोस्