१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


६५ अंकले बढ्यो नेप्से, डेढ दर्जन कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट


0
Shares

काठमाडौं । कारोबार हुने साताको तेस्रो दिन सेयर बजारमा उच्च अंकले वृद्धि भइ हरियाली छाएको छ । बजारमा ६५ अंकको सुधार आएसँगै परिसूचक २४ सय ७३ पुगेको छ ।

डेढ दर्जन कम्पनीको सेयर मूल्यमा सर्किट लाग्दा साढे आठ अर्ब बढीको कारोबार भएको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १४ अंकले बढेर ४ सय ५१ विन्दूमा पुगेको छ ।

मंगलबार होटल समूहबाहेक अन्य सबै समूह सकारात्मक रहे । सबैभन्दा बढी निर्जीवन बिमा समूह ६ सय २६ अंकले सुधारिँदा जीवन बिमा ५ सय ९४ अंकले उकालो लाग्यो । लघुवित्त १ सय ५२, अन्य ८०, उत्पादन समूह ६१ अंकले उकालो लाग्दा अरु समूह पनि दोहोरो अंकले सुधारिएका छन् ।

मंगलबार १ सय ३८ कम्पनीको सेयर मूल्य बढ्दा २४ कम्पनीको भने गिरावट आएको छ । त्यसैगरी ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ । २ सय कम्पनीको १ करोड ५३ लाख बढी कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५९ करोड भन्दा बढीको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।