१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मुलपानी रंगशालाको प्रश्नमा प्रधानमन्त्रीको जवाफ– ‘अझै बनेर भ्याको छैन त्यो ?’


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलपानी क्रिकेट रंगशला नबनेकोमा अनविज्ञता प्रकट गर्नुभएको छ ।

राष्ट्रिय खेलकुद परिषद्ले मंगलबार काठमाडौंमा गरेको खेलकुदसँग प्रधानमन्त्री कार्यक्रममा खेलाडीको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले अनविज्ञता प्रकट गर्नुभएको हो ।

मुलपानी क्रिकेट रंगशाला कहिले सम्पन्न हुन्छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘अझै बनेर भ्याको छैन त्यो ? धेरै वर्ष भइसक्यो अझै बनिसक्या छैन भन्दा अचम्म लाग्यो, छिट्टै कप्लिट हुन्छ ।’