१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


वालिङको दोस्रो जित, तीनै गोल विदेशी खेलाडीबाट


0
Shares

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा स्याङ्गजाको वालिङ नगरपालिकाले दोस्रो जित हासिल गरेको छ ।

मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा चन्द्रपुर नगरपालिकालाई ३–० ले पराजित गर्दै वालिङले महत्वपूर्ण दोस्रो सफलता पाएको हो ।

वालिङको जितमा विदेशी खेलाडी मेथो रुथले दुई तथा टोउटा ओर्नेलाले एक गोल गरिन् । वालिङको लिगमा दोस्रो जित हो ।

जितसँगै वालिङले ६ खेलमा ८ अंक जोड्दै चौथो स्थानमा पुगेको छ । पाँचौं हार बेहोरेको चन्द्रपुर ६ खेलमा ३ अंकसहित छैटौं स्थानमा रहेको छ ।

सात टोली सहभागी राष्ट्रिय लिगमा सबै ६ खेल जितेर अपराजित रहँदै सशस्त्र प्रहरीको एपीएफ शीर्ष स्थानमा रहेको छ भने त्रिभुवन आर्मी क्लब दोस्रो तथा नेपाल पुलिस क्लब तेस्रो स्थानमा रहेको छ ।