१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एनसेलको नयाँ अफर– अझै सस्तोदरमा भारत कुराकानी


0
Shares

काठमाडौं । एनसेलका प्रिपेड ग्राहकले अब अझै सुलभ दरमा भारतमा रहेका आफ्ना आफन्त, साथीभाइसँग कुरा गर्न सक्ने भएका छन् ।

एनसेल आजियाटा लिमिटेडले आफ्नो विन्टर अफर अन्तर्गत लोकल दरमा नै भारत कल गर्न पाइने गरी दैनिक र ३ दिने सहुलियत प्याक गरी दुई वटा भ्वाइस प्याकहरू ल्याएको छ ।

दैनिक भ्वाइस प्याकअन्तर्गत २५ रुपैयाँमा १० मिनेट र ३ दिने सहुलियत दरको भ्वाइस प्याक १४ रुपैयाँमा मा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । १४ रुपैयाँमा तीन दिने प्याक खरिद गरेका ग्राहले प्रतिमिनेट १ रुपैयाँ ९९ पैसामा कुराकानी गर्न सक्नेछन् ।

सुलभ र सस्तो दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता अनुरूप यो योजना ल्याइएको कम्पनीले जनाएको छ ।