
काठमाडौं । चिकित्सा शिक्षा सुधार अभियन्ता डा.गोविन्द केसीले फेरि अनशन सुरु गर्ने चेतावनी दिनुभएको छ ।
मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रूपमा संसद विघटन गरेको विरोधमा सत्याग्रह सुरु गर्ने निर्णय गरेको बताउनुभयो ।
नेपालीहरूको भविष्य अन्धकार हुने गरी संविधान नकुल्चियोस् भन्नका लागि सत्याग्रह सुरु गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विधि र प्रक्रिया मिचेर अवैध रूपमा गरिएका संवैधानिक निकायहरूमा नियुक्तिका सिफारिस तत्काल रद्ध गर्नु पर्ने पनि उहाँको माग छ । आगामी तीन साता भित्र आफ्ना माग पूरा नभए फागुन १२ गते देखि सत्याग्रह सुरु गर्ने चेतावनी दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्