
तेह्रथुम । ग्रामीण क्षेत्रहरुमा सडकको पहुँच बढेसँगै त्यसै खेर गइरहेको बाँसको बिक्री बढ्न थालेको छ । यसअघि बाँसबाट बन्ने डोको, डालो, थुन्से, नाम्लोलगायत बिक्री गर्ने किसानहरु हिजोआज बाँस नै बेच्न सुरु गरेका छन् ।
विगतमा बिक्री नहुँदा बाँस बोटमै कुहिने अवस्थामा समेत पुग्ने गरेको स्थानीय बताउँछन् । तर, अहिले गाउँ गाउँबाटै बास बिक्री हुन थालेपछि स्थानीयको गतिलो आम्दानीको स्रोत बढेको छ ।
यस वर्ष बाँस बिक्रीबाट मात्रै १ लाख ५० हजार आम्दानी गरेको छथर गाउँपालिका–५ ओख्रेका धनपती ढकालले बताए । स्थानीय सरकारले सडक विस्तार तथा मर्मतलाई प्राथमिकतामा राखेपछि यातायात सञ्चालन सहज हुँदा गाउँघरका उत्पादनले राम्रो बजार पाएको हो ।
प्रतिक्रिया दिनुहोस्