
काठमाडौं । नेपाल–भारत पश्चिम सीमा महाकाली नदी थुनिएको छ ।
दार्चुलाको माल्पामा आएको ठूलो पहिरोका कारण नदी थुनिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कृणानन्द जोशीले जानकारी दिनुभयो ।
थुनिएको नदी जुनसुकै बेला फुट्न सक्ने भएकाले तटी क्षेत्रमा बसोबास भएका र काम गर्ने सबैलाई आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालय आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्