१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पूर्वी अमेरिकामा हिमपात, ४८ सेन्टीमिटरसम्म हिउँ जम्यो


0
Shares

एजेन्सी । अमेरिकाको पूर्वी क्षेत्रमा भारी हिमपातका कारण जनजीवन कष्टकर बनेको छ । हिमपातले न्यू जर्सी र पेन्सलभेनियामा ४८ सेन्टीमिटरसम्म हिउँ जमेको छ ।

न्यूयोर्क शहर र न्यू जर्सीमा आपतकालिन अवस्थाको घोषणा गरिएको छ । अत्याधिक हिमपात भएसँगै त्यस क्षेत्रमा हवाइ उडान, यातायात तथा रेल्वे सेवा बन्द गरिएको छ । कोरोनाविरुद्धको खोप अभियान समेत प्रभावित भएको छ ।

हिमपातले प्रभावित भएपछि प्रमुख विमानस्थलहरूबाट हुने कम्तिमा १६ सय उडान रद्द गरिएको छ । अमेरिकी राष्ट्रिय मौसम विभागले केहि दिनसम्म मौसममा सुधार नहुने र हिम आँधी आउन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ ।