
काठमाडौं । नेपालमा थप १ सय ७१ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा २ हजार ९ सय ४६ जनामा गरिएको परीक्षणमा १ सय पुरुष र ७१ जना महिलामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा काठमाडौ उपत्यकाका ६५ जना छन् ।
मंगलबार थप १ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै देशभर कोरोनाका कारण मृत्यु हुनेको सख्या २ हजार ३० पुगेको छ । पछिल्ला केही दिनयता नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या भने घटेको छ ।
पछिल्लो २४ घण्टामा थप २ सय ५९ जना संक्रमणमुक्त भएका छन् । देशभर संक्रमणमुक्त हुनेको संख्या २ लाख ६६ हजार ८ सय ५९ पुगेको छ । यो संख्या कुल संक्रमित संख्याको ९८ दशमलव ४ प्रतिशत हो ।
हाल देशभर २ हजार ४ सय सक्रिय संक्रमित छन् । तीमध्ये ६८ आइसीयू र १६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्