
एजेन्सी । विश्वमा माहामारीको रूपमा फैलिएको कोरोनाविरुद्धको खोप अभियान चलिरहेको बेला चीनमा नक्कली खोप बनाएको आरोपमा ८० जना पक्राउ परेका छन् ।
राजधानी बेइजिङ, सांघाई र शाङडोङ प्रान्तमा नक्कली खोप बनाउनेहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गत सप्टेम्बरदेखि नै खोप निर्माणको काम गर्दै आएका उनीहरूले तीन हजार डोज खोप उत्पादन गरेको बताइएको छ ।
उनीहरुले स्लाइनलाई सिरिन्जमा तानेर विदेश पठाउन नक्कली खोप तयार पार्ने गरेको अनुसन्धानमा खुलेको छ । उत्पादित ती नक्कली खोपहरू नष्ट गरिएको र थप अनुसन्धान भइरहेको चिनियाँ प्रहरीले जनाएको छ । चीनमा सिनोभ्याक र सिनोफर्मले विकास गरेका कोरोनाविरुद्धको खोप लगाइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्