
फाइल फोटो
ताप्लेजुङ । सिरिजंघा गाउँपालिका–१ सिनाममा आगलागीबाट ५ घर जलेर नष्ट भएका छन् ।
दिउँसोको समयमा सल्किएको आगलागी सुरक्षाकर्मी र स्थानीयले दुई घण्टा पछि नियन्त्रणमा लिएको स्थानीय भीम थेबेले जानकारी दिनुभयो ।
घरमा रहेकी ५ वर्षीया बालिकाले लाइटर खेलाउने क्रममा आगलागी भएको अनुमान गरिएको छ ।
पीडित परिवार पाल टाँगेर बसेका छन् । आगलागीबाट मानवीय क्षति हुन पाएन ।
प्रतिक्रिया दिनुहोस्