२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बसको ठक्करबाट नुवाकाेटमा सशस्त्र प्रहरीको मृत्यु


0
Shares

नुवाकोट । विदुर नगरपालिका–१ ढुङ्गेमा बसको ठक्करबाट १ शसस्त्र प्रहरीको मृत्यु भएको छ ।

मंगलबार विहान ६ बजे नुवाकोटको त्रिशुलीबाट काठमाडौंतर्फ जान लागेको ग १ ख ८८९८ नम्बरको बसको ठक्करबाट विदुर–१० गेर्खुटारका १९ वर्षीय दिनेश तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

बसको ठक्करबाट घाइते तामाङको उपचारको क्रममा त्रिशुली अस्पतालमा मृत्यु भएको हो । घटनापछि चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैबीच मृतकका आफन्तले क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गर्दैै सदरमुकाम विदुर र ढुङ्गेमा प्रर्दशन गरेका छन् । प्रर्दशनका कारण नुवाकोट र रसुवामा यातायात ठप्प भएपछि काठमाडौं जान लागेका सयौं यात्रु अलपत्र परेका थिए । साँझबाट भने सवारी सुचारु भएको छ ।