
काठमाडौं । अमेजन कम्पनीका संस्थापक जेफ बेजोसले यस वर्षको अन्तिममा प्रमुख कार्यकारी पद (सिइओ) बाट राजिनामा दिने घोषणा गर्नु भएको छ ।
कम्पनीले जनाएअनुसार उहाँ आउने जुलाई १ देखि अब कार्यकारी अध्यक्षको भूमिकामा रहने बताइएको छ । अबको अमेजनको सिइओ एन्डी ज्यासी हुनेछन् ।
बेजोस अमेजनको स्थापनाकालदेखि नै सिइओको रुपमा कार्यरत हुनुहुन्थ्यो । बेजोसले १९९५ मा अमेजन खोल्नु भएको थियो अहिले यसको बजार मूल्य १९७ अर्ब डलर पुगेको छ ।
बेजोसले कोरोना भाइरसको महामारीबीच ७२ अर्ब डलर सम्पत्ति जोड्नु भएको थियो । उहाँ २०२० को सुरूमा पनि संसारका सबैभन्दा धनी व्यक्ति हुनुहुन्थ्यो र अन्तिमसम्म पनि धनी नै रहनुभयो ।
बेजोसले राजीनमा दिने घोषणा गरेपनि अमेजनको सेयरमा भने गिरावट आएको छैन् ।
सिइओ छोडेपछि आफू डे १ फन्ड, द बेजोस अर्थ फन्ड, ब्लु ओर्जिन, द वासिङ्टन टाइम्स र रूचीका अन्य विषयमा केन्द्रीत हुने बेजोसले कर्मचारीहरूलाई बताउनु भएको छ ।
केही समय अघि बेजोसको सम्पत्ति २ सय अर्ब डलरभन्दा माथि थियो भने, अहिले सम्पत्ति १८७ अर्ब डलर छ। उहाँले विभिन्न सामाजिक काम पनि गर्दै आउनु भएको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्