
काठमाडौं । नेकपाको भ्रातृ संस्था राष्ट्रिय युवासंघ नेपालको ओली पक्षले आज काठमाडौं उपत्यकामा बृहत मोटरसाइकल र्याली निकाल्दैछ । माघ २३ गते काठमाडौंमा आयोजना हुने ओली समूहको आमसभा तयारीका लागि युवासंघले मोटरसाइकल र्र्याली निकाल्न लागेको हो ।
मध्यान्ह ललितपुरको बालकुमारी पुलबाट सुरू हुने र्याली सातदोबाटो, लगनखेल, जाउलाखेल, थापाथली, त्रिपुरेश्वर, आरएनसी,जमल, दरबारमार्ग नारायणहिटी, जयनेपाल, कमलपोखरी, रातोपुल, गौशाला, एयरपोर्ट हुँदै तीनकुने पुगेर टुंगिनेछ ।
नेकपा वाग्मती प्रदेशको आयोजनामा माघ २३ गते काठमाडौंमा विशाल आमसभा आयोजना हुँदैछ । सभालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । यसअघि दाहाल नेपाल समूहले भृकुटीमण्डपमा गरेको सभालाई खिशी गर्दै ओलीले सभा कस्तो हुन्छ माघ २३ गते देखाइ दिने बताउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्