१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रपति र प्रधानमन्त्रीको वास्तविकता जिम्मेवारीका साथ भनेको हुँः रामकुमारी झाँक्री


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले दुनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सम्बन्धको बारे बोल्न सही समयको पर्खाइमा रहेको बताउनु भएको छ ।

आज ट्विटरमा लेख्दै झाँक्रीले दुनिया यही समयको पर्खाइमा रहेकोले आफूले वास्तविकता भनेको बताउनुभयो । ‘मैले नै वास्तविकता भनिदिउँ भने, जिम्मेवारीसाथ भनेको छु, उहाँले भन्नुभयो ।’

झाँक्रीले केही दिन अघि एक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई महारानीको संज्ञा दिनु भएको थियो । उहाँले भण्डारीलाई शितलनिवासबाट निस्केर चुनावमा आएर लड्न चेतावनी दिँदै बरु बालकोट गएर बस्न समेत भन्नु भएको थियो ।

बालकोट प्रधानमन्त्री ओलीको निजि निवास हो । नेकपाको जिम्मेवार तहका नेताहरु बाटै यस्तो कुरा आएको भन्दै सर्वत्र विरोध भएको थियो । यसलाई पुनः पुष्टि गर्न आज फेरि झाँक्रीको यस्तो ट्विट आएको हो ।

झाँक्रीले राष्ट्रपति र प्रधानमन्त्रीले मिलेर संबिधानलाई कागजको खोष्टो बनाएको आरोप समेत लगाउनु भएको छ । ‘हाम्रो संघर्ष र प्राप्त उपलब्धि के नै बाँकी रहने भयो र ?’ झाँक्रीको प्रश्न छ ।