१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


विदेशबाट ल्याएको २८ करोडको मल भिजेर काम नलाग्ने


0
Shares

काठमाडौं । तेस्रो मुलुकबाट आयात गरी नेपाल ल्याइएको २८ करोड बराबरको रासायनीक मल भिजेर काम नलाग्ने भएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनले तेस्रो मुलुकबाट आयात गरी ल्याएको छ हजार ६ सय मेट्रिक टन रासायनिक मलमध्ये छ हजार २ सय ५० मेट्रिक टन मल भिजेर काम नलाग्ने भएको हो ।

भदौ ६ गते वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा आएको पाँच महिना भइसक्दा सबै मल पानीले भिजेर डल्ला परेकाले भन्सार जाँचपास हुनसकेको छैन ।

२८ करोड मूल्य बराबरको एक लाख २५ हजार बोरा रहेको उक्त मल काम नलाग्ने भएपछि यसको जिम्मेवारी कर्पोरेशनले लिन नसक्ने जनाएको छ ।

कम्पनीले आयातकर्ता स्वीस सिङ्गापुरमार्फत उक्त मल मगाएको हो । सो मल सुक्खा बन्दरगाह भन्सार कार्यालयको ‘यार्ड’मा यत्रतत्र छरिएको अवस्थामा छ ।

मलको आपूर्तिकर्ता स्वीस सिङ्गापुरमार्फत साल्टट्रेडिङ कर्पोरेशनले भारतको कोलकाता बन्दरगाहबाट रेलमार्ग भएर वीरगञ्जको सुक्खा बन्दरगाह यार्डमा ल्याएको हो तर उक्त मल भिजेको र डल्लो परेकाले भन्सार जाँचपास गर्न अयोग्य भएको भनेर जाँचपास हुनसकेको छैन ।