
एजेन्सी । भारतमा भइरहेको किसान आन्दोलनको चर्चा विश्वभर छ । विश्वभरका केही चर्चित व्यक्तिहरूले किसान आन्दोलनको समर्थन गरिरहेका छन् । अमेरिकी चर्चित गायक रिहाना र सामाजिक अभियन्ता ग्रेटा थनबर्गले किसान आन्दोलनको समर्थनमा ट्वीट गरेका थिए ।
अब किसानहरूलाई समर्थन गर्दै पूर्व पोर्नस्टार मिया खालिफाले पनि ट्वीट गरेकी छन् । उनको ट्वीट सामाजिक सञ्जालमा भाइरल बनेको छ । किसान आन्दोलनको विषयमा उनले दुईवटा ट्वीट गरेकी छन् । उनले लेखेकी छन्, ‘कुन मानवअधिकार उल्लंघन भइरहेको छ ? उनीहरूले नयाँ दिल्ली आसपास इन्टरनेट काटिदिए ?’
खालिफाले त्यो ट्वीटपछि अर्को ट्वीट पनि गर्दै लेखेकी छन्, ‘पेड एक्टर्स… पुरस्कारको मौसममा उनीहरूलाई वेवास्ता नगरिने मेराे आशा छ । म किसानको साथमा छु ।’
भारतमा किसानहरू लगातार ७१ दिनदेखि आन्दोलनमा छन् । उनीहरूले केन्द्र सरकारले जारी गरेको तीनवटा विधेयकको विरोधमा आन्दोलन गरिरहेका छन् । विधेयकलाई अहिले सर्वोच्च अदालतले रोकिदिएको छ । तर किसानहरू विधेयक फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने अडानमा छन् ।
प्रतिक्रिया दिनुहोस्