
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबारदेखि ट्राफिकलाई बुझाउने रकम अनलाइन मार्फत बुझाउन सक्ने व्यवस्था सुरु गरेको छ । यस भन्दा अघि बैंकमा उपस्थित भएर भुक्तानी गर्नुपर्ने व्यवस्था थियो ।
बुधबार महाशाखा प्रमुख जनक भटटराईले महाशाखामा अनलाइन भुक्तानीको उद्घाटन गर्नुभयो । उहाँले कुनै पनि ट्राफिक कारबाहीमा परेका सवारी चालकहरूले जरिवाना बापतको रकम तिर्न बैंक अथवा ट्राफिक कार्यालय धाउन पर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो ।
सर्वसाधारणले यसबाट जनतालाई सहज हुनुका साथै समय पनि बचत हुने भन्दै राम्रो कामको सुरुवात भएको भन्दै खुसी व्यक्त गरेका छन् । ट्राफिक महाशाखाको एप डाउनलोड गरेरे इ–सेवा र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अनलाइन फोन पे मार्फत भुक्तानी गर्न सकिने महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्