१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


लागुऔषधसहित ४ जना पक्राउ


0
Shares

काठमाडौं । महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ्ग जिल्ला उर्लाबारी घर भइ काठमाडौ बस्दै आएका ४० बर्षीय अम्मर बर्देवा, धादिङ्ग गल्छीका ३१ बर्षीय राजु अधिकारी रहेका छन् ।

यसैगरी, सिन्धुलीकी २३ बर्षीया सबिना कार्की र मकवानपुरका ४२ बर्षीय कालू गोले पक्राउ परेका हुन् । उनीहरूको साथबाट प्रहरीले लागुऔषध पोल्याण्ड ३ किलो बरामद गरेको छ ।

प्रहरीले लागुऔषध सहित मोबाइल फोन ५ थान, एक थान मोटरसाइकल र नगद २० हजार पनि बरामद गरेको जनाएको छ ।