
काठमाडौं । सर्वोच्च अदालतले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको अदालतको अवहेलना मुद्दामा कारण देखाउ आदेश दिएको छ ।
न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजालासले कारबाही किन गर्नुनपर्ने हो त्यसको कारण खुलाएर सात दिनभित्र लिखित जवाफ पेश गर्न अदालतले आदेश दिएको हो ।
अधिवक्ता समीर हायुले अदालतको अवहेलना गरेको भन्दै गत सोमबार अध्यक्ष दाहालविरुद्ध अवहेलना मुद्दा दर्ता गराउनुभएको थियो ।
अध्यक्ष दाहालले विभिन्न सम्बोधनको क्रममा अदालत र न्यायाधीशहरूको मानमर्दन गरेको उनीविरुद्ध पेश भएको रिट निवेदनमा उल्लेख छ ।
अदालतले मंगलबारका लागि पेशी तोके पनि बेन्च बस्न नभ्याएको भन्दै पुनः बुधबारको लागि पेशी तोकिएको थियो ।
प्रतिक्रिया दिनुहोस्