१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रिमियर लिगमा चार खेल हुँदै


0
Shares

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति चार खेल हुँदैछन् ।

आज लिग लिडर म्यानचेस्टर सिटीले बर्नलेसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्दैछ । सिटी र बर्नलेबीचको खेल राति ११ः४५ बजे सुरु हुनेछ ।

बर्नलेविरुद्ध सिटी सहज जित निकाल्दै शीर्ष स्थानमा ३ अंकको अग्रता कायम गर्न चाहन्छ । लिगको शीर्ष स्थानमा रहेको सिटीले २० खेलमा ४४ अंक जोडेको छ । बर्नले २२ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

यस्तै, आजै साविक विजेता लिभरपुलले घरेलु मैदानमा ब्राइटनसँग खेल्नेछ । लिभरपुल ४० अंक जोडेर तेस्रो स्थानमा रहँदा ब्राइटन २१ अंक जोडेर १७ औं स्थानमा छ ।

यसैगरी अर्को खेलमा लेष्टर सिटीले फुलहमसँग खेल्दा लिड्सले एभर्टनसँग खेल्नेछ । एस्टन भिल्ला र वेस्ट ह्यामबीच समेत आजै राति खेल हुनेछ ।