२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


म्यानचेस्टर सिटी र लेष्टर विजयी, लिभरपुल पराजित


0
Shares

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति शिर्ष स्थानको म्यान्चेस्टर सिटी विजयी हुँदा साविक विजेता लिभरपुल पराजित भएको छ ।

लगातार १३ औं जित निकाल्नेक्रममा म्यान्चेस्टर सिटीले बर्न्लेलाई २–० ले हरायो । सिटीको जितमा ग्याब्रियल जिसस र राहिम स्टर्लीङले एक एक गोल गरे ।

जितसँगै म्यान्चेस्टर सिटीले तालिकामा दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडसँग ३ अंकको अग्रता लिएको छ । २१ खेलबाट म्यान सिटीको ४७ अंक छ भने एक खेल बढी खेलेको म्यान्चेस्टर युनाईटेडको ४४ अंक छ ।

तेस्रो स्थानको लेष्टर सिटीको ४२ अंक छ । गएराति भएको खेलमा लेष्टर सिटीले फुल्हमलाई २–० ले हरायो । प्रिमियर लिगमा २२ खेलबाट ४० अंक जोडेको लिभरपुल चौथो स्थानमा झरेको छ ।

गएरातिको खेलमा लिभरपुललाई ब्राइटनले १–० ले पराजित ग¥यो । प्रिमियर लिगकै अर्को खेलमा एभर्टनले लिड्स युनाईटेडलाई २–१ ले हराउँदा वेष्ट ह्याम युनाईटेडले एस्टन भिल्लामाथि ३–१ को जित निकाल्यो ।

प्रिमियर लिगमा आज राती लण्डन शहरका दुई प्रतिद्धन्दी चेल्सी र टोटनह्याम हट्सपर भिड्नेछन् । एजेन्सी