
काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संवैधानिक निकायमा भएको नियुक्ति तत्काल खारेज गर्न माग गर्नुभएको छ । संविधान र कानुन विपरित भएका नियुक्तिहरु तत्काल खारेज गर्न कोइरालाले सरकारसँग माग गर्नुभएको हो ।
संवैधानिक निकायमा भएको पदाधिकारीको नियुक्ति काँग्रेसलाई कदापि स्विकार्य नहुने उहाँले बताउनु भयो । आज ट्विट गर्दै कोइरालाले सरकारले असंवैधानिक र बदनियतपूर्ण तरिकाले संवैधानिक निकायमा नियुक्ति गरेको आरोप लगाउनु भयो ।
संसदीय सुनुवाई समेत नगरी सरकारले हिजो संवैधानिक अंगका अध्यक्ष तथा सदस्यहरुलाई नियुक्ति दिएको थियो । त्यसको सर्वत्र आलोचना भएको छ । नियुक्तिकै विरोधमा नेकपा दाहाल- नेपाल समूहले बिहीबार देशव्यापी आम हड्ताल गरेको छ ।
प्रतिक्रिया दिनुहोस्