२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बारामा ठेकेदार र प्रशासकीय अधिकृतको मिलोमतामा खोलाको अवैध उत्खनन्


0
Shares

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले ठेकेदारसँग मिलेमतो गरेर खोलाको अवैध उत्खनन् गरेको स्थानीयले आरोप लगाएका छन् ।

प्रमुख प्रशासकिय अधिकृत चेतकुमार पोखरेले राजस्वलाई आधार देखाउँदै सम्झौता विपरित बाराको दुधौरा खोला अबैध उत्खनन् गर्न ठकेदारलाई अनुमती दिएको स्थानीयको आरोप छ ।

उपमहानगरपालिका १ का वडा अध्यक्ष हिराबहादुर गुरुङ्गले अबैध उत्खनन् रोक्न खोज्दा प्रमुख प्रसासकिय अधिकृत पोखरेलले अवरोध नगर्न निर्देशन दिनुभएको हो ।

जिल्लाको ४ ठूला खोला मध्ये दुधौरा, बालगंगा र पसाह खोला उक्त उपमहानगरमा पर्छन । खोलामा भएको अबैध उत्खननका कारण राजमार्गको पुल जोखिममा परेको र गाउँ डुबानको संकेत देखिएको छ ।

चालु आर्थिक वर्षमा उपमहानगरले दुधौरा, बालगंगा र पसाहा खोलाबाट ९४ लाख घनफिट उत्खननको अनुमति दिएको छ ।

त्यस बापत विनोद निर्माण सेवाले उपमहानगरलाई १३ करोड ७६ लाख भुक्तानी गर्ने सम्झौता छ ।