
काठमाडौं । भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद बैठक गरेको भन्दै विरोध भइरहेका बेला सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदका सदस्यहरुसँग छलफल गरेका छन् ।
प्रमुख प्रतिपक्षी कांग्रेसले आधुनिक प्रविधिको उपयोग गर्नु राम्रो भए पनि भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक गर्दा सूचना चुहिने भन्दै विरोध गर्दै आएको थियो ।
विरोधकै बाबजुत मंगलबार दोस्रोपटक भिडियो कन्फरेन्समार्फत प्रधानमन्त्रीले मन्त्रिहरुसँग छलफल गरेका हुन । यद्यपी, निर्णयहरु भने केही नभएको जनाइएको छ ।
प्रधानमन्त्री ओली सिंगापुरमा उपचार गरिरहेका छन् । उपचार प्रक्रिया बुधबार सकिंदैछ । यही भदौ ५ गते सिंगापुर गएका उनको हिजो प्लाज्मा फेरेसिस प्रक्रियाबाट छैटौं चरणको उपचार सकिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्