१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दाहाल–नेपाल समूहका ७० बढी पक्राउ, शाक्यलाई महाराजगञ्जमा राखियो


0
Shares

काठमाडौं । आमहड्ताल सफल पार्न काठमाडौंमा परिचालित (नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यसहित ७० बढी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कंलकीबाट अष्टलक्ष्मी शाक्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो । चाबहिल, बागबजार, सामाखुसीलगायत क्षेत्रबाट पनि नेता कार्यकर्ता पक्राउ गरिएको नेकपाले जनाएको छ ।

यसैबीच कलंकीबाट पक्राउ परेकी शाक्यलाई प्रहरीले महाराजगञ्ज ल्याएर राखेको छ । उहाँलाई महानगरीय प्रहरी शिक्षालय महाराजगञ्ज राखिएको प्रहरीले जनाएको छ ।