
काठमाडौं । आमहड्तालको निरीक्षणका लागि नेकपा दाहाल-नेपाल समूहका अर्का अध्यक्ष माधव कुमार नेपाल पनि सडकमा निस्कनु भएको छ । कोटेश्वरमा भएके हड्तलको निरिक्षण गर्न अध्यक्ष नेपाm स्कुटरमा निस्कनु भएको हो ।
कोटेश्वरमा नेकपा कार्यकर्ताले सकड अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन्। त्यहाँ अप्रिय घटना नहोस भनेर नेपाल कोटेश्वर पुगेको जनाइएको छ।
यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलगायतका नेताहरु सडकमा निस्केका थिए। शाक्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
संवैधानिक निकायमा नियुक्तिको विरोधमा नेकपाले आज देशभर आम हड्ताल गरेको छ। हड्तालका कारण देशभरको जनजीवन प्रभावित भएको छ।
प्रतिक्रिया दिनुहोस्