
अर्घाखाँची । अर्घाखाँचीमा यस वर्ष ३४ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ ।
जिल्लाका विभिन्न स्थानमा गरेर ५ हजार ६ सय मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र अर्घाखाँचीका सूचना अधिकारी महेन्द्र ओझाले जानकारी दिनुभयो । भिरालो पाखो बारीमा पनि राम्रो उत्पादन हुने भएपछि कृषकहरू व्यावसायिक रूपमा सुन्तला खेती तर्फ आर्कषित भएको उहाँको भनाइ छ ।
जिल्लामा उत्पादितमध्ये ६० प्रतिशत सुन्तला जिल्लामै खपत हुन्छ भने बाँकी बुटवल लगायत अन्य शहरहरूमा निर्यात हुने गरेको छ । अर्घाखाँचीमा कुल ४ सय ९४ हेक्टरमा सुन्तला खेती भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्