
सागर न्यौपाने
स्याङ्जा । पाँच महिनाकी बालिकाको मृत्यु भएपछि भीरकोट नगरपालिकास्थित कालिका सामुदायिक अस्पतालमा ताला लगाइएको छ ।
भीरकोट–७ तिलारका यामबहादुर खाम्चाकी ५ महिनाकी छोरी लोककुमारी खाम्चाको मृत्यु भएपछि आफन्तले अस्पतालमा ताला लागेको स्याङ्जा प्रहरीका प्रवक्ता राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । अस्पतालमा डाक्टर समयमा उपस्थित नभएको र लामो समयपछि जिल्ला अस्पताल रिफर गर्दा बाटोमै बालिकाले मृत्यु भएको उहाँको भनाइ छ ।
यता अस्पताल प्रशासनले अस्पतालमा डाक्टर क्वाटरमा बस्ने गरेको र आउँदा केही समय लागेको प्रस्टीकरण पारेको छ । बालिकाको अवस्था गम्भीर भएपछि डाक्टरले जिल्ला अस्पताल स्याङ्जा रिफर गरेको अस्पतालका प्रशासकीय अधिकृत छायादत्त रेग्मीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्