
काठमाडौं । म्यानमारमा सेनाले ‘कू’ गरेपछि सेनाको आदेशमा इन्टरनेट सेवाहरू बन्द गरिएका छन् ।
म्यानमारमा फेसबुक प्रयोगमा फेब्रुअरी ७ सम्मका लागि पूर्ण रुपमा प्रतिबन्ध लगाइएको हो । तथा अन्य सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइएको छ ।
म्यानमारको सञ्चार तथा सूचना मन्त्रालयले देश लाई अस्थिर बनाउन फेसबुकमार्फत हल्ला फैलाइरहेकाले फेब्रुअरी ७ सम्म फेसबुक बन्द गरेको जनाएको छ ।
नेतृ आङ साङ सू चीको रिहाइको माग गर्दै प्रदर्शन हुने आशंकाले सेनाले इन्टरनेटमा प्रतिबन्ध लगाएको छ । म्यानमारमा ५३ करोड मानिस फेसबुकको प्रयोग गर्छन् ।
म्यानमारको अदालतले आयात निर्यात कानूनको उल्लंघन गरेको आरोपमा सू ची र राष्ट्रपतिलाई १४ दिनको लागि हिरासतमा पठाएको छ ।
प्रतिक्रिया दिनुहोस्