२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अमेरिकी संसद भवनमा आक्रमण गरेको भन्दै क्यानडाद्वारा प्राउड बोइजलाई आतंककारी घोषणा


0
Shares

एजेन्सी । भाइस मिडियाका क्यानडाका सह–संस्थापक प्राउड बोइजलाई क्यानडाले आतंककारी इकाइका रूपमा सूचित गरेको छ ।

क्यानडाको सार्वजनिक सुरक्षा मन्त्री बिल ब्लायरले गएको जनवरी ६ मा अमेरिकी संसद भवनमा भएको आक्रमणमा प्राउड बोइजको भूमिकालाई मध्यनजर गरेर पछिल्लो निर्णय गरिएको बताउनुभएको छ ।

आतंकवादी इकाइमा सूचित भएसँगै प्राउड बोइजको सम्पत्ति रोक्का गर्न र प्राउड बोइजका सदस्यहरुमाथि आतंककारी गतिविधि सम्बन्धी अभियोग लगाउन मिल्ने भएको छ । दक्षिणपन्थी समूह ब्राउड बोइजलाई आतंककारी इकाइका रूपमा सूचित गर्ने क्यानडा पहिलो देश हो ।

प्राउड बोइजले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका विचार, स्वतन्त्रतावाद र परम्परागत लैंगिक जिम्मेवारीको वकालत गर्दै आएको छ । सन् २०१६ मा ग्याविन म्याकनेसले प्राउड बोइजको स्थापना गरेका हुन् ।