
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समुहकी नेतृ शशी श्रेष्ठले मुलुकलाई संविधानसम्मत् ढंगले अगाडी हिडाउनको लागि आमहड्ताल गरिएको बताउनुभएको छ ।
नेतृ श्रेष्ठले नेकपाले गरेको आमहड्तालमा कोटेश्वर चोकमा सहभागी हुँदै मुलुकलाई संविधानसम्मत् ढंगले अगाडी हिडाउनको लागि आमहड्तालको आव्हान गरिएको बताउनुभएको हो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओली विशिष्ट अधिकार प्राप्त व्यक्ति नभएको भन्दै ओलीको स्वेच्छाचारिता र निरंकुशताबाट बचाउनुपर्ने अवस्था आएको पनि बताउनुभयो ।
नेतृ श्रेष्ठले प्रधानमन्त्री ओलीले संवैधानिक आयोगका पदाधिकारीहरुलाई गैरसंवैधानिक हिसाबले नियुक्ति गरी संविधानलाई अर्को चुनौती दिएको बताउनुभयो । संविधान अनुरुप मुलुक नचले देश ठूलो दुर्घटनामा जाने र समाज विभक्त भई द्धन्दमा जाने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्