
काठमाडौं । नेकपा दाहाल नेपाल समूहले आह्वान गरेको बन्दका क्रममा धनुषाको शिवचोकमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । झडपमा प्रहरीले गोली समेत चलाएको छ ।
शिवचोकमा बन्दकर्ताले गाडी चल्न नदिएपछि प्रहरीले खुलाउने क्रममा झडप हुँदा प्रहरीले हवाइ फायर गर्नुपरेको प्रहरीले जनाएको छ । बन्दकर्ताले प्रहरीकै गाडीमा समेत तोडफोड गरेपछि हवाइ फायर गरिएको प्रहरीको दावी छ ।
प्रदर्शनकारीलाई नियन्त्रणमा लिन केही राउण्ड हवाइफायर, अश्रुग्यास र गोली समेत चलाउनु परेको प्रहरीको भनाइ छ । लाठीचार्जका क्रममा नेकपाको दाहाल–नेपाल समूहका नेता रामचन्द्र झासहित ११ जना र केही प्रहरी समेत घाइते भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्