१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सरकारी सेनाको कारबाहीमा १५ तालिवानी मारिए


0
Shares

एजेन्सी । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा सरकारी सेनाले गरेको कारबाहीमा १५ जना तालिवान लडाकू मारिएका छन् ।

रक्षा मन्त्रालयले विज्ञप्ति जारी गदै बिहीबार कान्दाहारको डन्ड र अर्घन्डाब जिल्लामा तालिबान लडाकूहरू भेला भइ सेनाको शिविरमा आक्रमण गर्न लागेको सूचनाका आधारमा सेनाले कारबाही गरेको उल्लेख गरिएको छ ।

कारबाहीमा अरु तीन जना तालिवानी लडाकू पनि घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।