
काठमाडौं । नेपाल टेलिकमले कम्पनीको १७औं वार्षिकोत्सवका अवसरमा देशभर फोरजी वायरलेस होम र एमएमएस प्याक सेवाको सुरुवात गरेको छ ।
एफटीटीएच इन्टरनेट नपुगेको स्थान र धेरै डाटा प्रयोग गर्नुपर्ने प्रयोगकर्ताहरूका लागि टेलिकमले सुलभ दरमा फोरजी वायरलेस होम ब्रोडव्याण्ड सेवा ल्याएको हो । हाल यो सेवा प्रतिमहिना ९ सय ६० रुपैयाँमा लिन सकिने टेलिकमले जनाएको छ ।
टेलिकमले मासिक ९ सय रुपैयाँमा ६० जिबी तथा १५ सय रुपैयाँमा १ सय २० जिबी र वार्षिक ९ हजार ६ सय रुपैयाँमा ७ सय २० जिबी तथा १६ हजार रुपैयाँमा १४ सय ४० जिबी डाटा उपलब्ध गराउने छ । यसरी हेर्दा एक एमबी इन्टरनेटको शुल्क जम्मा १ पैसा पर्नेछ ।
व्यावसायिक उपकरणहरु वीच डाटा आदान प्रदान गरी सवारीसाधन लगायत अन्य उपकरणहरुको लोकेसन अपडेट गर्ने, व्यवस्थापानका प्रयासहरू विश्वव्यापी रूप मै वृद्धि भइरहेको परिप्रेक्ष्यमा कम्पनीले मेसिन टु मेसिन डाटा र एसएमएस प्याक पनि सुरु गरेको छ । जुन कार्यालय प्रायोजनका लागि उपयुक्त हुने कम्पनीको दावी छ ।
वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीले कर्मचारी, डिलर, ग्राहकहरूलाई सम्मान तथा कदरपत्र प्रदान गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्