
नवीन सिंह
जनकपुरधाम । दाहाल–नेपाल समूहको नेकपाले आह्वान गरेको आमहड्तालमा प्रहरीसँगको झडपमा पूर्वमन्त्री मातृका यादवको अण्डकोषमा गम्भीर चोट लागेको छ ।
बिहीबार दिउँसो बन्द सफल पार्न जनकपुरधाम स्थित शिवचोकमा बजार बन्द गराउने क्रममा प्रहरी र पूर्वमन्त्री यादवको समूहबीच झडप हुँदा उहाँको अण्डकोषमा गम्भीर चोट लागेको हो ।प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेन्डेन्ट प्रमोद यादवले पूर्वमन्त्री यादवको अण्डकोषमा गम्भीर चोट लागेको पुष्टि गर्नुभएको हो ।
गम्भीर चोट लागेका पूर्वमन्त्री यादवलाई प्रादेशिक अस्पताल जनकपुरमा सामान्य उपचारपछि काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको नेकपा संघर्ष समिति धनुषाका संयोजक सुधिर साहले जानकारी दिनुभयो ।
नेकपा स्थायी समिति सदस्य रामचन्द्र झा, सहिदनगर नगरपालिकाका प्रमुख उदय बरबरिया र नेता प्रदीप साहको टाउको एवं शरीरका अन्य भागमा चोट देखिएपछि प्रादेशिक अस्पतालमा उपचार पश्चात काठमाडौं पठाइएको अस्पतालका मेसु डा. यादवले बताउनुभयो ।
जनकपुरमा प्रहरी र बन्दकर्ताबीच झडप हुँदा दाहाल–नेपाल समूहको नेकपाका एक दर्जनभन्दा बढी कार्यकर्ता घाइते भएका थिए ।
प्रतिक्रिया दिनुहोस्