
तस्विर: सुरेश कसजुको फेसबुकबाट
काठमाडौं । दाहाल-नेपाल समूहका विद्यार्थीहरुले सिन्धुपाल्चोकमा प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन् ।
अनेरास्ववियू दाहाल-नेपाल समूहका विद्यार्थीले सदरमुकाम चौतारामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका हुन् ।
उनीहरुले प्रतिगमनको पुत्ला दहन गरेको बताएका छन् । पुत्ला दहन गर्दै उनीहरुले नारावाजी समेत गरेका थिए ।
गत पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपाकै दाहाल नेपाल समूह आन्दोलनमा छ ।
प्रतिक्रिया दिनुहोस्