१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बैतडीमा विद्यालय गएकी १७ वर्षीय किशोरीको बलात्कार पछि हत्या


0
Shares

बैतडी । बैतडीमा एक किशोरीको बलात्कारपछि हत्या गरिएको छ । दोगडाकेदार गाउँपालिका चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको हो ।

उन्को जंगलमा शव फेला परेको आफन्त शिवराज भट्टले जानकारी दिनुभयो । बुधबार घरबाट बिद्यालय गएकी उनी घर नफर्केपछि खोजी गर्दा शव जंगलमा भेटीएको थियो ।

मृतकको शरिरभरी निलडाम र घाउहरु रहेका छन्, कपडा पनि च्यातिएको अवस्थामा भेटीएको बताइएको छ । आफन्तले हत्यारालाई कारवाहि नगरेसम्म घटनानस्थलबाट शव नउठाउने भएका छन् ।

घटनाको प्रकृति हेर्दा शंकास्पद रहेको घटनास्थलमा खटिएका खोचलेक प्रहरी चौकीका प्रमुख मोती बमले जानकारी दिनुभयो । किशोरी खोचलेकस्थित सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत रहेकी थिइन् ।