२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025

बर्दियालाई जलवायु अनुकुलन मैत्री पालिका बनाउन सरोकारवाला एक मत


0
Shares

बर्दिया । बर्दियालाई जलवायु अनुकुलन मैत्री पालिका बनाउनेमा स्थानीय सरोकारवाला एक मत भएका छन् ।

जलवायु परिवर्तनका कारण पछिल्लो समय बिभिन्न बिपद्का घटनाहरु बढ्न थालेको भन्दै यसकोे व्यवस्थापनका लागि सहकार्य गर्न बर्दिया र कैलालीका ४ वटै पालिकाका प्रमुखहरुले ऐक्यबद्धता जनाएका हुन् ।

प्राक्टिकल एक्सनको सहकार्यमा सामाजिक बिकास तथा अनुन्धान केन्द्र बाँकेले गरेको जलवायु परिवर्तन तथा उत्थानशिलता बिद्यमान नीती कार्यक्रममा राजापुर नगरपालीका, गेरुवा गाँउपालिका, कैलालीको टिकापुर नगरपालिका र जानकि गाँउपालिकाका प्रमुखहरुले जलवायु परिवर्तनका कारण परेको असर र न्यूनिकरणका लागि पालिकाको रणनिती बनाउने बताएका हुन्।

जलवायु परिवर्तन तथा उत्थानशिलताका क्षेत्रमा संघीय सरकारको वर्तमान नीती र ऐनमा उल्लेख गरेका बिवाय, स्थानीयकरण गर्ने प्रकृया बारे बन तथा बातावरण मन्त्रालयका उपसचिव सृजना श्रेष्ठले जलवायुको असर यसको प्रभावको बारेमा प्रकाश पार्नु भएको थियो ।