१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


आर्मीका ‘लेफ्टिनेन्ट’ हुँ भन्दै ठग्ने दुई जना पक्राउ


0
Shares

काठमाडौ । सुनसरी प्रहरीले नक्कली उप–सेनानी भएको भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । ‘सेनाको उप–सेनानी हुँ’ भन्दै मर्करीको ब्यापार गर्ने बहानामा सर्वसाधारणलाई ठगी गर्दै हिडेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका ५ का २८ वर्षीय शिवकुमार कार्की र सिन्धुलीका ३८ वर्षीय बसन्तकुमार खड्का रहेका छन । सेनाको पोशाक र दज्र्यानी चिन्ह लगाई ठगी गर्दै हिडेको सूचनाका आधारमा प्रहरीले खोज्ने क्रममा उनीहरुलाई सुनसरीको इटहरीबाट पक्राउ गरेको हो ।

नक्कली सेना बनेका कार्कीले विभिन्न व्यक्तिबाट ११ लाख बढी ठगी गरेको भेटिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका कार्कीको साथबाट ३३ हजार ४ सय ५० रुपैयाँसहित विभिन्न बैंकका एटीएम, आईएमईका रसिद र मोबाइलहरु बरामद गरेकोे छ । कार्की र खड्कालाई प्रहरीले ठगी मुद्दामा आवश्यक कानूनी प्रकृया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।