१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नियुक्ति बदरको माग गर्दै सभामुख आफैं पुगे सर्वोच्च(रिटसहित)


0
Shares

काठमाडौं । संवैधानिक निकायहरुमा भएको नियुक्तिविरुद्ध रिट निवेदन लिएर सभामुख अग्नि सापकोटा आज आफैं सर्वोच्च अदालत पुग्नु भएको छ ।

उहाँले आफ्नो मुद्दा दर्ताका लागि पेश गर्नुभएको छ । दर्ताको प्रक्रियाका लागि कार्यबाहक मुख्य रजिष्ट्रार लालबहादुर कुँवरसँग मुद्धा शाखाका अधिकारीहरुले छलफल गरिरहेका छन् ।

कानूनी र राजनीतिक विवादका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा पदाधिकारी नियुक्त गर्नुभएको थियो ।

त्यसको चौतर्फी विरोध भइरहेको छ । गत ३० मंसिरमा बैठक बस्न कोरम नपुगेपछि सरकारले अध्यक्षसहित बहुमत सदस्य उपस्थित भए संवैधानिक परिषद्को बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएको थियो ।

प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीले त्यही साँझ बोलाएको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सहभाागी हुनुहुन्थ्यो भने सभामुख सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवाले बहिस्कार गर्नुभएको थियो ।

संविधानअनुसार संवैधानिक निकायका पदाधिकारी नियुक्ति गर्दा संसदीय सुनुवाई समितिबाट अनुमोदन गरिनुपर्ने थियो ।

तर सिफारिसको ४५ दिनसम्म निर्णय दिन नसकेको अवस्थामा स्वतः अनुमोदन भएको मानिने संसदको संयुक्त बैठक र संयुक्त समितिको नियमावलीलाई टेकेर नियुक्ति दिइएको थियो ।

संवैधानिक नियुक्ति लिएका सबैजनालाई विपक्षी बनाइएको सभामुख सापकोटाको यस्तो छ रिटको ब्यहोरा,