१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ओली पक्षको आमसभाले सवारी आवागमन अस्तव्यस्त, यी रुट प्रयोग गर्न प्रहरीको आग्रह


0
Shares

काठमाडौं । ओली पक्षीय नेपाल कम्युष्टि पार्टी (नेकपा)को जनसभाका कारण शुक्रबार काठमाडौंमा उपत्यकाको सवारी आवागमन अस्तव्यस्त भएको छ ।

उपत्यकाका विभिन्न स्थानमा मानिसहरू जम्मा भइरहेका कारण दरबारमार्ग आसपासको सवारी आवागमनमा प्रभाव परेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

दरबारमार्गतर्फ जाने भाडाका साना सवारी साधन तथा पिकअप गाडीलाई त्रिपुरेश्वर, थापाथली, सिंहदरबार, पद्मदयमोड, पुतलीसडक, कृष्णपाउरोटी, जयनेपाल, लैनचौर, सोह्रखुट्टेबाट ड्राइभर्सन गरिएको छ ।

सवारी आवागमन सहज बनाउनका लागि भाडाका ठूला सवारी साधनलाई चक्रपथबाट भित्र प्रवेशमा रोक लगाइएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

ड्राइभर्सनका कारण माइतीघर, सिंहदरबार, पुतलीसडक, कृणपाउरोटी, जयनेपाल, लैनचौर र सोह्रखुट्टे हुँदै चल्ने सवारी साधन लामबद्ध भएर चलिरहेका छन् । कार्यक्रम अवधिभर सवारी साधन ड्राइभर्सन हुने भएकोले सवारी चालकलाई अन्य वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरिएको छ ।