१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोभ्याक्सले दिने कोरोनाविरुद्धको खोप फागुनमा आउने, खरिदको भने पहलै भएन


0
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व स्वास्थ्य संगठनअन्र्तगतको कोभ्याक्सबाट पाउने भनिएको कोरोना भाइरसविरुद्धको खोप फागुनको पहिलो सातादेखि आउने जनाएको छ ।

भाइरसविरुद्धको खोपको विकास भएसँगै संगठनले विपन्न मुलुकहरूलाई दिने भनिएको खोप फागुनको पहिलो सातादेखि नेपालले पाउने छ । मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले केही समयभित्र नै कोभ्याक्सबाट पहिलो चरणमा खोप नेपाल ल्याइने पुष्टि गर्नुभयो ।

अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्यूट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोप नै यो सुविधाअन्तर्गत आउने डा. अधिकारीले बताउनुभयो । नेपालले आपतकालिन स्पीकृति दिएको र खोप अभियानअन्तर्गत लगाउन सुरु गरिरहेको खोप भएकाले कोभिसिल्ड नै आउने उहाँको भनाइ छ ।

कोभ्याक्सबाट नेपालले २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप पाउने छ । खोप विभिन्न चरणमा नेपालले प्राप्त गर्ने छ । कोभ्याक्सले बैशाख महिनासम्म खोप दिइसक्ने भन्दै मन्त्रालयमा पत्राचार गरिसकेको छ । तर, नेपालले खोप खरिद गर्ने कुनै पहल सुरु गरेको छैन । कोभ्याक्सबाट प्राप्त गरेको खोप लगाईसकेपछि खरिदको प्रक्रिया अघि बढ्ने मन्त्रालय स्रोतले जनाएको छ ।