१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्रीसँग सूर्य थापाको कानेखुसी, ‘पछाडि साउण्ड काटियो, अब सक्याउँदा राम्रो हुन्छ’


0
Shares

काठमाडौं । दरबारमार्गमा भएको ओली पक्षीय नेकपाको बृहत् जनसभालाई शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुभयो । सम्बोधनका क्रममा उहाँले सभामा उपस्थितलाई नारा लगाउन आग्रह गर्दै आफैँले पनि नारा लगाउनुभयो ।

उहाँले नारा लगाएपछि सहभागीले पनि प्रधानमन्त्री ओलीले जयजयकार गर्दै नारा लगाए । नारापछि ओलीले पानी खाएर सम्बोधन सुरु गर्न लाग्नुभयो । उहाँले सम्बोधन सुरु गर्नै लाग्दा उहाँका प्रेस सल्लाहकार सूर्य थापा पछाडिबाट आएर सम्बोधन सक्न अनुरोध गर्नुभयो ।

थापाले प्रधानमन्त्री ओलीको कानमा भन्नुभयो, ‘पछाडि साउण्ड सुनिएको छैन ।’ प्रधानमन्त्रीले नबुझेपछि ‘हँ’ भन्नुभयाे । थापाले पुनः भन्नुभयो, ‘साउण्ड काटियो पछाडि, अब सक्याउँदा राम्रो हुन्छ ।’

यद्यपि प्रधानमन्त्री ओलीले सम्बोधनलाई १५ मिनेटसम्म जारी राख्नुभयो ।