१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


साढे २ करोड नेपालीको हातमा इन्टरनेट


0
Shares

काठमाडौं । कोभिड १९ महामारीसँगै सुरु गरिएको लकडाउन र भर्चुअल अनलाइन कक्षाका कारण नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या अत्यधिक बढेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकलाई आधार मानेर विदेसिएका नेपालीलाई कटाएर विश्लेषण गर्दा नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या कुल जनसंख्याको हाराहारीमै पुगेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हालसम्ममा साढे २ करोडको हातमा इन्टरनेट पुगेको छ। एक व्यक्तिसँग २ देखि ३ वटा सिम हुने भएकाले सबै नेपालीको पहुँचमा इन्टरनेट पुगेको छैन ।

प्राधिकरणको गत काक्तिकसम्मको तथ्यांकलाई मात्र केलाउने हो भने पनि २ करोड २९ लाख २१ हजार १ सय ८० जनाको पहुँचमा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पुगेको छ ।

जसमा इन्टरनेट सर्भिस प्रोभाइडर ( आईएसपी) हरुको मात्र ५० लाख ३० हजार ९ सय ४९ वटा लाइन वितरण गरिएको छ । राजधानी