
काठमाडौं । म्यानमारमा सैन्य कू को विरोधमा शुरु भएको नागरिक अवज्ञा आन्दोलनमा शिक्षक र विद्यार्थीहरुले पनि साथ दिएका छन् ।
यांगुनको डागन विश्वविद्यालयका विद्यार्थीहरुले नेतृ आङ साङ सूचीको पार्टीको रातो रंगको रिबन बेरेर उहांको पक्षमा नारा लगाएका छन् ।
शिक्षकहरुले भने आफुहरु नयां पुस्ताको लागि प्रदर्शनमा उत्रिएको बताएका छन् । गत सोमबार सेनाले सत्ता हत्याएपछि सूची र अरु नेताहरु पक्राउ गरेको थियो ।
सूचीका वकिलले उहाँलाई घरमै नजरबन्दमा राखिएको जनाएका छन् । सूचीले बिना शर्त आफु, राष्ट्रपति र पक्राउ परेका अरु नेताहरुको रिहाइको माग गर्नुभएको छ ।
पछिल्लो समय मात्र जुन्ता सरकारले नेशनल लिग फर डेमोक्रेसीका अर्का एक जना शीर्ष नेतालाई पक्राउ गरेको छ ।
शुरुमा कू पछि केही शान्त जस्तो देखिएको म्यानमारमा पछिल्लो समय विस्तारै विरोधहरु भैरहेका छन् । विभिन्न भागहरुमा मानिसहरु सडकमा ओर्लिएर कु को विरोध गरेका छन् ।
नागरिक अवज्ञा आन्दोलनमा सहभागीहरुले प्रजातान्त्रिक जननिर्वाचित सरकार पूनर्वहालीको माग गरेका छन् ।
गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा एनएलडीले धांधली गरेर जितेको आरोप लगाउंदै सेनाले सूचीको सरकारलाई हटाएर सत्ता हत्याएको थियो ।
एजेन्सी
प्रतिक्रिया दिनुहोस्